पवन परियार फेरि आए फरक धारको “कान्छू” लिएर

27
SHARES
166
VIEWS

सुमन ढकाल

नेपाली लोक तथा दोहोरीको क्षेत्रमा छुट्टै स्थान बनाउन सफल गायक पवन परियार पुन: फरक धारको नयाँ सांगितिक कोसेली लिएर प्रस्तुत भएका छन् । लोक तथा दोहोरी गायक , संगित संयोजक , मोडल तथा सर्जकरुपमा परिचित पवन परियारले यो प्रस्तुति संगै लोक-आधुनिक गायनमा पनि आफुलाइ प्रबेश गराएका छन् । आफनै लय-शब्द , संगित र स्वरमा सजिएको “आइ मिस यु कान्छू -आइ लब यु कान्छु” बोलको गित युटुब च्यानल “पवन परियार” मार्फत सार्वजनिक गरेका छन् । कान्छू लाई माया गर्ने एक प्रेमीको रुपमा कान्छूलाई अधिक माया गित मार्फत दर्शाएका छन् । आफैलाइ नै बिर्सने कुन कान्छुको माया जालमा पवन परेका हुन् त्यो भने कौतुहलता कै बिषय बन्न पुगेको छ। यस भन्दा अगाडीका प्रस्तुतिहरुलाइ जस्तै यो गितले दर्शक स्रोताले मन जित्ने अपेक्षा गरिएको छ।

भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नु होला:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार