७० लाख लागतमा श्री कोटाकोट आधारभूत विद्यालयको नयाँ भवनको शिलान्यास

13
SHARES
108
VIEWS

मिन थापा मगर
स्याङ्जा -DLPIU शिक्षा स्याङ्जाबाट प्राप्त अनुदानबाट कालीगण्डकी गाउँपालिका २ स्थित श्री कोटाकोट आधारभूत विद्यालयको चार कोठे नयाँ भवन निर्माणकार्यको २९ भाद्रमा शिलन्यास भएको छ।

कालीगण्डकी गाउँपालिका प्रमुख खिम बहादुर थापा र उपप्रमुख साबित्रा कोइरालाले संयुक्त रूपमा विद्यालय भवन निर्माणको शिलन्यास गर्नुभएको हो ।

विद्यालयका लागि गाउँपालिकाबाट शिफारिसका साथमा विद्यालय छ्नौट गर्दिनु भएको र DLPIU शिक्षा स्याङ्जाबाट अनुदान उपलब्ध गर्दिनुभएकोमा विद्यालय परिवार तथा स्थानीय समाज हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

समय सापेक्ष विद्यालयको नयाँ पक्की भवन बनेपछि विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई राम्रो सेवा पुग्ने र सेवा दिनेमा विद्यालय परिवार सकरात्मक रहेको विद्यालय परिवार तथा प्रअ मोहन बहादुर रानाबाट जानकारी प्राप्त भएको छ ।

यो सँगसँगै श्री ध्रुव ज्योति माध्यमिक , मिर्मी आ.वि. , आदर्श माध्यमिक , कोटाकोट आ.वि. छापडाँडा , प्युघा माध्यमिक विद्यालयको पनि नयाँ पक्की विद्यालय बन्नेछन् ।

त्यस्तै गरि यस आर्थिक वर्षमा श्री सुर्य ज्योति आधारभूत विद्यालय , किपट आधारभूत विद्यालय लगायत कालीगण्डकी गाउँपालिका भित्रका १५ वटा सामुदायिक विद्यालयमा नयाँ ट्र्ष्ट र पक्की भवन बन्नुका साथै खानेपानी आयोजना समेत सम्मन्न हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार