गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीको पोखरा महानगर, तनहुँको बन्दिपुर र लमजुङको बेशीशहरका ७४ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरामा पुष्टि भएका संक्रमित मध्य पोखरा १५ का ४० जनामा एकै पटक संक्रमण पुष्टि भएको छ भने बाँकी वडा नं ४, ८, १०, १४, १७, २३, २७, २९, ३१ र ३३ का २६ जना छन् ।
यस्तै बेशीसहरका ५ जना, र तनहुँको बन्दीपुरका ३ जनामा छन् । यो सहित प्रदेशमा कोरोना संक्रमितको संख्या ३२८० पुगेको छ ।
संक्रमण पुष्टि हुने मध्य पोखरा १५ का ४० जना नेपाल प्रहरीमा कार्यरत हुन् । यस्तै ४ जना भारतबाट आई क्वारेन्टिनमा बसेका थिए । बाँकी सबैमा कन्ट्याक्ट ट्रेसिङका क्रममा पुष्टि भएको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ ।
यस अघि कास्कीका ८ जना , बाग्लुङका ४ जना , नवलपुर (वर्दघाट सुस्ता पूर्व)का १२ जना, गोरखा र तनहुँका २–२ जनामा संक्रमण पुष्टि भएको हो ।
Discussion about this post