आज मिति २०७७ साल असोज ६ गते मंगलबारको दिन
मेष- चु , चे , चो , ला, लि , लु , लो , अ
आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकुलता रहने देखिन्छ। नजिकका ब्यक्तिबाट धोका पाइन सक्नेछ। सचेत रहनु होला।
बृष – इ , उ , ए , ओ , वा , वि , वु , वे , वो
प्रेम र मित्रताको बन्धन कसिने बेला छ। काम देखाएर अरुको मन लोभ्याउने सकिनेछ। नयाँ कार्यको योजना बन्नेछ। शुभकार्यको चर्च चल्ने छ।
मिथुन -का, कि , कु , ध , ङ , छ , के , को , हा
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। अन्योलका बिच उन्नतिको मार्ग प्रशस्त हुनेछ।
कर्कट – हि , हु , हे , हो , डा , डि , डु , डो
क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने छ। अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयो गर्ने छ। दाम्पत्य जीवन सुखमय हुने योग छ।
सिंह -मा , मु , मि , मु , मे , टा , टि, टु, टे ,
आतिथ्यपूर्ण सम्मान पाइएला। नयाँ कामको थालनी हुने छ। धार्मिक यात्रालो योग छ। सद्बिचाराले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुने छ।
कन्या – टो , पा , पि , पु , ष , ण , ठ , पे , पो
आज मनमा शान्ती छाउला। महिला बर्ग बाट बिशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य पनि अघि बढ्ने छ। दाम्पत्य सुखले प्रफुल्लित भइने छ।
तुला – रा , रि , रु , रो , ता , ती , तु , ते
आज व्यवसायको लागि यात्राको सम्भावना पनि छ। आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सहि निर्णय लिन सकिनेछ ।
बृश्चिक – तो , ना , नि , नो , या , यी , यु
सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने छ। आटेको र ताकेको कार्य पूरा होला बोलीको प्रभाव पनि बढ्ने छ।
धनु – यो , ये , भा , भि , भु , धा , फा, ढा , भे
राजनैतिक कार्यमा बाधा आउने छ। नाक र घाटीमा समस्या आउला। सामन पनि हराउन सक्छ। अभिभावको आशिर्वादले काम गर्न सक्छ।
मकर – भो , जा , जि , जु , जे , ख , खि , खु , खे
आज धार्मिक कार्य सफल हुने छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।बौद्धिक काममा सफलता मिल्नेछ। प्रम सम्बन्ध कसिलो होला
कुम्भ- गु , गे , गो , सा , सि , सु , सु , से , सो , दा
आक लक्ष्मी प्रसन्न हुने योग छ। महत्त्वपूर्ण कामको थालनी हुने छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ कामको सुरु गर्ने समय पनि छ।
मीन- दि , दु , थ , झ , ञ , दे , दो , चा , चि
नयाँ सवारी साधन प्राप्तीको योग छ। दिनको उत्तरार्ध अधिक सुखद हुने छ। प्रेम प्रस्ताव समेत प्राप्त हुन सक्छ।
Discussion about this post