असोज ७, स्य्याङ्जाका ३० जनाले कोरोना भाइसलाई जितेका छन् । कालिका सामुदायिक अस्पताल हेलूबाट २३ जना, करेन्डाँडा स्वास्थ्य चौकीको आईशोलेसनबाट ६ जना र वालिङको आईशोलेसनका १ गरी ३० जना कोरोनामुक्त भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माका अनुसार अहिलेसम्म जिल्लामा कोरोना निको हुनेको संख्या १३९ पुगेको छ ।
देशैभर कोरोना संक्रमित बढिरहेका बेला स्याङ्जामा भने एकैपटक ३० जना डिस्चार्ज भएका हुन् । अव जिल्लाको आईशोलेसनमा ४३ जना रहेका छन् ।
Discussion about this post