कालीगण्डकी गाउँ पालिका आज बाट कोरोना मुक्त

14
SHARES
115
VIEWS

जिके पाण्डे -स्याङ्जा असोज -७, स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका १५ जनाको कोरोना पिसिआर नतिजा नेगेटिभ आए संगै कालीगण्डकी गाउँ पालिका कोरोना मुक्त भएको छ। नेपाल भन्दा बाहिर बाट आएर कालीगण्डकी गाउँ पालिकामा क्वारेन्टिनमा बस्दै आएका १२ जनाको पिसिआर नतिजा नेगेटिभ आएको छ। असोज ४ गते उनीहरुको स्वाब संकलन गरि परिक्षणको लागि पोखरा पठाइएको थियो। यस्तै गरि कालीगण्डकी गाउँ पालिकामा नै आइसोलेसनमा रहेका १ जना र अन्य २ जनाको पनि असोज १ गते स्वाब संकलन गरि परिक्षणको लागी पठाइएको थियो। उनी हरुको पिसिआर परिक्षणको नतिजा पनि नेगेटिभ आए संगै कालीगण्डकी गाउँ पालिका कोरोना मुक्त पालिका बनेको हो। आइसोलेसनमा रहेका एक जनाले कोरोना जित्न सफल भई घर फर्कीएका छन्।
कोरोनालाई जितेर घर फर्किनुहुने महानुभाबले कोरोना नियन्त्रणमा निरन्तर सहयोग गर्नुहुने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी लगायत कालीगण्डकी गाउँपालिका प्रमुख सहित सबैलाई धन्यवाद दिनु भएको छ। कालीगण्डकी गाउँ पालिकामा हल सम्म २१ जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा सवै जना निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार