असोज-१२, स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर ३ सुन्धौली टोलमा चार घर पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको कारण उदय बहादुर सार्कीको घर अति जोखिममा परेको हो। केही दिन अगाडी परेको अविरल वर्षाको कारण घरको दायाँ र बायाँ तर्फको भागबाट पहिरो खसेकोले घर जोखिममा परेको जानकारी वडा नम्बर ३ का वडा सचिव दिलिप विश्वकर्माले बताउनु भयो। यस्तै गरि पहिरोको कारण केशर बहादुर सार्की, बुद्ध बहादुर सार्की र बिष्णु बहादुर सार्किका घरहरु पनि जोखिममा परेका छन्। पहिरोको कारण जोखिममा परेका चारै जनाको आर्थिक अवस्था कमजोर रहेको वडा सचिव दिलिप बिश्वकर्माले जानकारी दिदै पहिरो पिडित परिवारलाई पुनःस्थापनाको लागि वडाले राहतकोलागी सिफारिस गर्ने समेत बताउनु भयो। पहिरो पीडित परिवारलाई तत्काल राहत र बासको व्यवस्थापन गर्नु पर्ने देखिन्छ।
Discussion about this post