असोज-१३, स्याङ्जामा मसिनो गिट्टी निकाल्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन् । वालिङ नगरपालिका वडा नम्बर ११ को पनिरगैरा भन्ने ठाउँमा घरायसी प्रायोजनको लागि मसिनो गिट्टी सङ्कलन गर्न गएका ३९ वर्षीया दुर्गा बहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनु भयो। घटनामा परि वर्ष ३५ कि मुना थापा र वर्ष ३१ कि नारायणी सिंजाली घाइते भएको अधिकारीले बताउनु भयो। घटनामा परि मृत्यु हुने दुर्गा बहादुर थापा र घाइते मुना थापा श्रीमान- श्रीमती रहेको प्रहरीले बताएको छ। उक्त घटना नदिमा नभई मसिनो गिट्टी पाइने पनिरगैरामा भएको प्रहरीले खुलाएको छ।
Discussion about this post