यम सोमै
असोज -१५ स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका क्वारेन्टिनमा रहेका २७ जनाको पिसिआर परिक्षण नेगेटिभ आएको छ। असोज १३ गते गाउँ पालिकाको मिर्मी सामुदायिक क्वारेन्टिनमा रहेका २७ जनाको स्वाब संकलन गरि पिसिआर बिधि बाट परिक्षणको लागि पोखरा पठाइएको थियो। क्वारेन्टिनमा रहेका २७ जना, जिल्लाभन्दा बाहिर बाट आएका कालीगण्डकी गाउँ पालिकाका बिद्यालयमा कार्यरत दुई जना शिक्षक र एक जना प्रहरी गरि जम्मा ३० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक खड्क बहादुर थापाले जानकारी दिनु भयो। ३० जनाको पिसिआर रिपोर्ट बुधबार बेलुका नेगेटिभ आए पश्चात् क्वारेन्टिनमा रहेका २७ जनालाई घर पठाइने जनस्वास्थ्य निरीक्षक थापाले बताउनु भयो। कालीगण्डकी गाउँ पालिकामा ५ जना क्वारेटिनमा रहेका छन् । हाल सम्म २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको गाउँ पालिकामा अहिले सवै जना निको भएर हर फर्किसकेका छन् । हालको परिस्थितिमा कालीगण्डकी गाउँपालिका कोरोना मुक्त रहेको छ।
Discussion about this post