गल्याङमा ८५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक सम्मानित

14
SHARES
120
VIEWS

असोज-१५, गल्याङ नगरपालिकाले ८५ वर्षमाथीका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। ३० औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुलाई नगरपालिकाले दोसल्ला ओढाएर , ब्लांकेट र ५०० ग्रामको चेवनप्रस प्रदान गरी सम्मान गरेको हो। वडा नम्बर ३ का १७ जना ज्येष्ठ नागरिकलाई आज एक कार्यक्रम गरि सम्मान गरिएको गल्याङ नगरपालिकाका प्रशासकीय अधिकृत इश्वरी प्रसाद पाण्डेले बताउनु भयो। गल्याङ नगरपालिकाले गल्याङ नगरपालिका भित्रका ११ वटै वडाका ८५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाइ क्रमश सम्मान गर्ने कार्यक्रम रहेको प्रशासकीय अधिकृतले पाण्डेले बताउनु भयो। गल्याङ नगरपालिका भित्रमा करिब ४०० भन्दा बढी ज्येष्ठ नागरिक रहेको गल्याङ नगरपालिकाले बताएको छ। कोरोना संक्रमणको जोखिम रहेकोले ठूलो सङ्ख्यामा ज्येष्ठ नागरिकलाई भेला पार्न नसकिएको पाण्डेले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार