स्याङ्जामा गौतम परिवारलाई मन्त्री पद्मा अर्याल द्वारा आर्थिक सहयोग

12
SHARES
103
VIEWS

स्याङ्जा -१७, कालीगण्डकी गाउँपालिका वडा नम्बर ४, बिर्घा गौतम टोलमा गत असोज ८ गते पहिरोमा परि जनधनको क्षति ब्यहोर्नुभएका गौतम परिवारलाई मन्त्री अर्यालले घटनास्थलमा उपस्थित जनाउनुभई आर्थिक सहयोग गर्नुभएको छ।

आज पीडित परिवारको घरमा उपस्थित भइ मृतक बिष्णु गौतमको परिवारलाई रु ४०,०००/- चालीस हजार रुपैयाँ र विस्थापित परिवार स्व. जगत बहादुर गौतमको परिवारलाई रु २०, ०००/- बीस हजार रुपैयाँ तथा जोखिम दुइ घर परिवारलाई ५/५ हजार रुपैयाँ प्रदान गर्नुभएको माननिय मन्त्री अर्यालको सचिवालय सदस्य बुद्ध घर्तीले बताउनुभयो।

यस्तै गरि मन्त्री अर्यालको पहलमा संघीय सरकारको तर्फबाट रु दुई लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारको तर्फबाट पचास हजार रुपैयाँ गौतम परिवारलाई हस्तान्तरण गरिएको घर्तीले बताउनु भयो।

राहत हस्तान्तरण कार्यक्रममा मन्त्री पद्मा अर्याल , गण्डकी प्रदेश सभासद मिन प्रसाद गुरुङ , जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दास , प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, मन्त्री अर्याल का स्वकिय सचिव बुद्ध घर्तीको उपस्थिति रहेको थियो। आज दिनभर स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा रहनु भएका मन्त्री अर्याल भोलि भिरकोट नगरपालिकामा जाने कार्यक्रम रहेको समेत घर्तीले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार