नेपालम थप २,२५३ जना कोरोना संक्रमित थपिए

15
SHARES
124
VIEWS

असोज-१८, पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८६ हजार आठ सय २३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लाे २४ घण्टामा १२ हजार सात सय ८४ जनाकाे नमुना परीक्षण गर्दा दुई हजार दुई सय ५३ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार तीन सय २९ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ६४ हजार ६९ पुगेको छ ।

हाल नेपालमा २२ हजार दुई सय १९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय तीन जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार