असोज-२० गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बारपाक सुलिकोट नगरपालिका वडा नम्बर ६ गोरखाकी ४५ वर्षीय महिलाको उपचारको क्रममा काठमाडौको बयोधा अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनलाय पोखराले जनाएको छ। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ। मृतकमा किड्नी सम्बन्धि समस्या रहेको जनाइएको छ।
Discussion about this post