चिरञ्जीवी ज्ञवाली
असोज -२०, बिगत दश दिन देखि पहिरो नरोकिएकोले बन्द रहेको कालीगण्डकी करिडोर सडकखण्डको रिडी रुद्वबेणी अन्तर्गत पुलक्याम्प नजिकको पहिरो आजबाट खुलाउने प्रयास गरिएको छ । बिगत दशदिन अघि बाट नेकपाका नेता हिमाल श्रेष्ठ ,रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम ,गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतराज शर्मा , गुल्मीका सशस्त्र ,जनपथ डिएसपि,लगाएतले निरन्तर प्रयास गरे पनि पहिरो नरोकिएको कारण काम सुरु हुन सकेको थिएन ।आजबाट माथी माट पहिरो झर्न रोकिए पछि आज युवा समाजसेवी तथा नेकपा नेता हिमाल श्रेष्ठ र युवा समाज सेवि भागवत गिरिको विशेष पहल र समन्वयमामा पहिरोको दुबै खण्ड बाट राजेश्वरि कन्ट्रक्सन र सगुन कन्ट्रक्सनको स्काबेटर चलाइएको छ । निरन्तर कार्य गरे पनि सडक पुर्णरुपमा संचालनमा आउन तिन दिन लाग्ने बताइएको छ ।
पहिरो ठूलो रहेकोले मानिसहरु आवत जावत गर्न नमिल्ने नमिल्ने र बाटो जोखिम धेरै भएकोले पहिरोमा सुरक्षा कर्मी समेत खटाउन स्थानीय तहले निर्देशन दिएको छ। आफुले अनुगमन गरेको इलाका प्रहरी कार्यलय रिडीका प्रमुख शालिक थापा जानकारी गराउनु भयो । निरन्तर कार्य गर्दा समेत तीन दिन लाग्न सक्ने नेता हिमाल श्रेष्ठले जनाउनु भएको छ ।
Discussion about this post