रुरु धार्मिक सेवा सञ्चार प्रालि रिडी द्वारा सहयोग रकम हस्तान्तरण

12
SHARES
103
VIEWS

असोज- २२ रुरु धार्मिक सेवा सञ्चार प्राली रुरु क्षेत्रधामले बिहिवार सहयोग रकम हस्तान्तरण गरेको छ। पाल्पा तानसेन नगर पालिका वडा नम्बर १४ टिपुरे निवासी “झबिन्द्रलाल पाण्डे बचाउ अभियान कार्यक्रम ” मार्फत रुरु धार्मिक सेवा सञ्चार प्रालिले देश तथा बिदेशबाट र २ लाख ५१ हजार ९ सय सात रुपैयाँ संकलन गरेको थियो । उक्त रकम स्वर्गीय झबिन्द्रलाल पाण्डेको परिवारलाइ औपचारिक कार्यक्रमका साथ निवासमा नै हस्तान्तरण गरिएको रुरु धार्मिक सेवा सञ्चार प्रालिका अध्यक्ष तथा पत्रकार चुरामणी तिमिल्सिनाले बताउनुभयो। करिब ४ महिना देखि मिर्गौला रोगबाट ग्रसित पाण्डेको उपचारको क्रममा आफनै निवासमा अचानक निधन भएको थियो । पाण्डे बचाउ अभियान मार्फत संकलन गरिएको रकम र बुटवल भिम किरानाबाट प्राप्त खाद्य सामाग्री प्रदान गरिएको पत्रकार तिमिल्सिनाले बताउनुभयो । सहयोग वितरण कार्यक्रममा तानसेन नगर पालिका वडा नम्बर १४ का वडाअध्यक्ष कमल राना प्रमुख अतिथि रहनुभएको थियो। वडा सदस्य बिष्णु रेग्मी , नेकपाका सोभाखरभट्टराई ,रुरु प्राबिका प्रधानाध्यापक भिम ढेंगा , समाजसेवी दिपाकर पाण्डे , जानकी पाण्डे , कृषि प्राबिधिक रमा कँडेल ,साविक वडा नम्बर ९ का टोल संयोजक मीन बहादुर कुँवर समाजसेवी तथा शिक्षा प्रेमी महानुभावहरुको सहभागीता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि रानाले मिर्गौला पिडित बचाउ अभियान कार्यक्रम सुरुवात गरेर समाजलाई ठूलो सहयोग गरेको र मृत्युसित लडिरहेका पीडितकालागि सामाजिक संजालबाट सहयोग संकलन गरि रकम प्रदान गरेकोमा रुरु धार्मिक संचार प्रालिलाई वडाको तर्फबाट धन्यवाद व्यक्त गर्नु भएको थियो । मृत आत्मको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण समेत कार्यक्रममा गरिएको थियो। यसै गरि ३ वर्षकी पवन भट्टराईकि छोरी करिब ४ महिना देखि ब्लड क्यान्सर भएर काठमाडौमा उपचारभैरहेको अबस्थामा यस संस्थालाई लण्डनबाट प्राप्त भएको ९० हजार र स्थानियले सहयोग गरेको ५ हजार १ सय सात सहित रु ९५ हजार १ सय सात रुपैया पबन भट्टराईको निवासमा नै प्रदान गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभएको छ । आज कार्यक्रमको संचालन पत्रकार दुर्गाराज पाण्डेले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार