कालीगण्डकीमा खहरे पहिरो पीडितलाई कोरियाबाट आर्थिक सहयोग

13
SHARES
107
VIEWS

मीन थापा
असोज -२२, स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ४ , खहरेमा गत असार ३० गते प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु भएका व्यक्तित्वहरूको परिवारलाई आलमदेवी आर्थिक विकास कोष दक्षिण कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ।

२०७७/६/२० गते कोषका सम्बन्धित सदस्य महानुभाव बसु थापा मगर र मिलन आले मगरले मृतक परिवारका सदस्यलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।

रोजगारको शिलशिलामा दक्षिण कोरियामा कार्यरत बारिचौर , देउराली , छापडाडा र घुरडाडाका साथीहरू सम्मिलित आलमदेबी आर्थिक विकास कोषले दक्षिण कोरियाबाट रु ५२, ०२०/- बाउन्न हजार बीस रुपैयाँ नेपाल पठाउनु भएको हो।

मृतक परिवारका सदस्यहरूलाई रु १३,००५/- तेह्र् हजार पाँच रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिएको खहरेबाट सेनिश मास्की राना मगरले बताउनु भएको छ। सामाजिक हितका लागि खानेपानीको मुहान र पहिरोको क्षति अवलोकन गर्न जानुभएका आदरणिय अविभावकहरू पहिरोमा पर्नुभएको थियोे ।

प्राकृतिक विपत्तिमा परि तत्कालिन गाउँसभा बिर्घाका अध्यक्ष इमान सिं राना , भूपू गोर्खा आर्मी क्याप्टेन गिमान सिं थापा, नेपाल आर्मी सेवा निवृत टिका बहादुर थापा र प्रेम प्रसाद पाण्डेयले ज्यान गुमाउनु भएको थियोे ।

आलमदेवी आर्थिक बिकास कोषको तर्फबाट मृतकका परिवार प्रती हार्दिक समवेदना प्रकट गर्दै कोषले आर्थिक सहयोग गर्नुहुने साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको पनि सेनिश मास्की राना मगरले बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार