कालीगण्डकी गाउँपालिकाको हरित बिद्यालय वातावरण योजना साकार हुँदै

16
SHARES
135
VIEWS

मिन थापा स्याङ्जा -२४ असोज स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ४, बनकसी स्थित श्री सृजना आधारभूत विद्यालयको विद्यालय प्रांगण पुग्दा अहिले विभिन्न जातका फलफूल र फूलबारीमा हुर्केका फुलहरूले गर्दा स्वर्गिय आनन्दको आभास हुने गर्दछ। गत आर्थिक वर्ष २०७६/०७७ मा कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको बाताबरण हरित वातावरणको रूपमा विकास गर्नका लागि मावि रु २०, ०००/- , निमावि रु १८,०००/- , र प्राविका लागि रु १५,०००/- रुपैयाँ बजेट बिनियोजन गरेको गरेको थियो। सोही योजना कार्यन्वयन गर्ने क्रममा गत वर्षदेखि श्री सृजना आधारभूत विद्यालय प्रांगणमा केरा , आँप , लिची , अशोका र पारिजात लगायत अन्य बिरूवा लगाइएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सुन्दर पाण्डेयले बताउनुभयो।

विद्यालय प्रधानाध्यापक काशीराम पाण्डेयका अनुसार अहिले कोरोना महामारिका कारण टोल शिक्षाको माध्यमद्वारा विद्यार्थीहरूलाई उनीहरूकै टोल टोलम गएर अध्यापन गराइएको छ। अहिले विद्यालयमा साठी जना विद्यार्थी अध्यनरत छन् ।
विद्यार्थीको सिकाइमा समय सापेक्ष सहजीकरका लागि विद्यालयको तर्फबाट कुनै कसर बाँकी नराखिने प्रअ पाण्डेयले बताउनुभयो।

अहिले विद्यालयमा स्थानीय सामाजिक व्यक्तित्व र गण्डकी प्रदेश सरकारको अनुदानमा ICT कक्ष र पुस्तकालयको समेत व्यावस्था गरिएको छ भने कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका संपूर्ण विद्यालयलाई इन्टरनेटको पहुँचमा पुर्‍याउने उदेश्य राखेर इन्टरनेट जोड्ने कार्यक्रम पारित गरेको छ। विद्यालय प्रांगणमा हुर्केका आँप , अशोका र पारिजात स्व. कृष्ण बाबु पाण्डेयले निशुल्क उपलब्ध गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार