बिर्घा – वैघा सुलसुलेमा टायर घुम्ने फनफनी यो मोटोरबाटो कस्तो बैमानी

35
SHARES
292
VIEWS

मिन थापा

असोज -२४ २०७७।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ३ मा पर्ने भुस्टुङ्ग वैघा दिगाममा पर्ने सुलसुले भन्ने ठाउँमा गाडीको टायर फनफनी घुम्दा सवारीधनी यो बाटो कस्तो बैमानी भन्दै हिड्न थालेको पनि वर्षौ भएको छ।

हिउँदमा अलि सहज हुने यो बाटो वर्षाको समयमा भने यो हिलो कति गिलो भन्दै हिड्नुको विकल्प नभएको यो बाटो भएर हिड्नेहरुले भन्दै आएका छन् । यही बाटो कालो पत्रे हुँदै छ भन्दा खुसी भएकाहरु अहिले अवस्था उस्तै भएकोले निराश भएका छन् ।

यो बाटोलाई बैमानी भन्ने अवस्था किन आयो भने हाल मिर्मीको मिलन चोक देखि धारापानी र वैघा देखि रिडीसम्मको बाटोले कालोपत्रको स्वाद लिइरहदा यहाँनेर भने यात्रु र सवारीधनीलाई वर्षौ देखि हिलोमा लटपट्याउने भएकोले भन्न परेको हो।

फोटो:- सुमन ढकाल

धारापानी देखि वैघा रानीमहल सडकखण्डको निर्माणको जिम्मा पाएको सन्तोषी निर्माण सेवाले भने आफुहरुले यो बाटो सुधारकोलागि निरन्तर काम गरेको बताएको छ। सन्तोषी निर्माण सेवा कम्पनीका प्रमुख होमराज भट्टराईले कोरोना माहामारीको कारण सडक निर्माण कार्य द्रुत गतिमा बढ्न नसकेको बताउनु भएको छ।

दशै अघि नै यो सडक खण्ड कालोपत्र गरेर सक्नुपर्ने भएपनि हाल बाटोको अवस्था देख्दा सडक कालोपत्र सम्पन्न हुन कम्तिमा पनि ६ महिना लाग्ने देखिन्छ।

यस सडक खण्ड भन्दा अगाडी र वैघा देखि रिडीसम्मको दुई तर्फ सडक धमाधम कालोपत्र भइरहदा आफुले जिम्मेवारी लिएको सडक खण्डमा कालोपत्र गर्न नसक्नुका कारण कोरोना महामारीका कारण सिर्जित लकडाउन प्रमुख कारण रहेको भट्टराईले बताउनुभयो।

दुई तर्फका सडकखण्ड कालोपत्र हुँदैगर्दा आफुहरुलाइ नैतिक दवाव परेको भन्दै वैघा नजिकै दिगाम सुलसुलेको बाटोलाई आफुहरु सहज बनाउन हरदम प्रयत्न गरेको समेत सन्तोषी निर्माणसेवाका प्रमुख भट्टराईले बताउनु भयो।

आफुहरुले डोजर लगाएर धारापानी देखि वैघासम्मको बाटोलाइ सहज बनाएको पनि भट्टराईले बताउनु भयो। यो स्थानको प्राकृतिक बनोटले गर्दा पनि स्थानीयले दुख भोग्नु परेको देखिन्छ । वर्षाको समयमा पानीको मुहान समेत भएकाले हरेक वर्षको तीन माहिना यो बाटो भएर यात्रा गर्न कठिन हुनेगर्दछ ।

यता यो सडक खण्डको मोटरबाटो निर्माणमा ढिलासुस्ती हुनुमा निर्माण कम्पनीलाई मात्र दोष दिन नहुने स्थानीयको भनाइ छ। बाटो समयमा निर्माण नहुनूमा वडा ३ र ४ का स्थानीय जनप्रतिनिधि लगायत सिंगो कालीगण्डकी गाउँपालिकाले निर्माण कम्पनीलाई झकझ्क्याउनबाट चुकेको देखिन्छ । कालीगण्डकी गाउँपालिकाको कार्यलय रहेको ठाउँमा पर्ने यो बाटो समयमा सम्पन्न हुन नसक्नुमा गाउँपालिकाको पनि ध्यान नपुगेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार