मिर्मी देखि रिडी सम्म निर्माणको जिम्मा पाएका कम्पनीको आधिकारिक भनाइ

21
SHARES
174
VIEWS

जि.के. पाण्डेय।
असोज २५, मिर्मि-बिर्घा-रानीमहल र वैघा-रीडीसडक खण्डको अहिले भइरहेको कामबारे सम्बन्धित सरोकारवालासँग लिईएको
मिर्मि-धारापानी सडकखण्ड।
कालोपत्रेको काम भइरहेको मिर्मि-धारापानी सडकखण्डमा आज साँझ ५ बजेसम्म फ्रस्ट कोटको काम सकिनेछ र उक्त सडकखण्ड साँझ ५ बजेबाट सञ्चालनमा आएको छ। दोस्रो कोटको काम नेपालीहरुको महान चाड बडादशैं लगत्तै हुने र सेकेन्ड कोटको काम सकिएपछि सडकले पुर्णता पाउने हाल उक्त सडकखण्ड कालो पत्रेको काम गरिरहेको गजुरमुखी कबिन्द्र निसान जेभी का खिमानन्द पाण्डेय र बिष्नु पाण्डेयले फोनमार्फत जानकारी गराउनु भयो।
*धारापानी-वैघा सडकखण्ड।
आज भौतिक पुर्वाधार स्याङ्गजाका इन्जिनियर दिलीप उप्रेतीले फोनमार्फत जानकारी गराए अनुसार आगामी फाल्गुन मसान्तसम्म काली गण्डकी ३ को वैघासम्म कालोपत्रे गर्नुपर्ने सम्बन्धित ठेकेदार कम्पनी सन्तोषी निर्माण सेवालाई अफिस(भौतिक पुर्वाधार)को निर्देशन रहेको र हाल धारापानी-वैघा सडकखण्डको काम धमाधम भइरहेको माघसम्ममा नाली,ढलनिकास,ग्राबेलिङ्ग लगायतका सबै काम सक्ने र आफुपनि सोहि सडक खण्डको काम भइरहेको स्थान(फील्डको) अनुगमन गरिरहेको इन्जिनियर उप्रेतिले जानकारि दिनुभएको छ।
अहिले धारापानी देखि भु्ष्टुङ्गसम्म ग्रेडरले बाटो ग्रेडिङ गरिसकेको र भुष्टुङ्ग देखि वैघाको बाटोको असहज अवस्थाबारे आफुलाई जानकारी रहेको अहिलेको बर्षातले ठेकेदार कम्पनि मार्फत गरेका भौतिक संरचनाका काम बर्षातको पानीले क्षत बिक्षत गराएको उक्त क्षतिबारे १/२ दिनमै सम्बन्धित ईन्स्योरेन्स कम्पनीले क्षतिको बिबरण संकलन गरेपछि कामले थप गति लिने जानकारी गराउनु भयो।
*वैघा-रानीमहल सडकखण्ड।
धारापानी देखि रानीमहलसम्मको सडक एउटै टेण्डरमा समेटिएको र सरासर काम हुनुपर्ने भएपनी वैघा देखि रानीमहल सडक अर्को रुट बाट लैजाने कुरा भएको र उक्त एलाइन्टमेन्ट चेन्ज गर्नको लागी तत्कालिन अवस्थामा डी.पी.आर. तयार गर्नेको सिफारिसमा सचिब स्तरिय निर्णय हुनुपर्ने प्राबधान रहेकोले यो प्रक्रियामै रहेको र छिट्टै निर्णय भएर आउने निर्णय हुनासाथ वैघा-रानीमहल खण्डको नयाँ रूटको कटिङ्ग सुरुहुने भौतिक पुर्वाधारका इन्जिनियर उप्रेतिले जानकारी गराउनु भयो।
वैघा-रीडी सडकखण्ड।
सगुन कंट्रक्सनले कालोपत्रेको जिम्मा पाएको यो सडकखण्डमा हाल नाली,ढलनिकास र वालको काम सकेर ग्राबेलिङ्गको काम भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार