असोज -२५ स्याङ्जाको गल्याङ नगरपालिकामा अवस्थित गल्याङ युवा क्लब द्वारा आयोजित पुरुष तथा भेट्रान भलिबल प्रतियोगिता सम्पन्न भएको छ। गत १८ गतेबाट खेल संचालन सुरु भएको उक्त प्रतियोगितामा ४२ वटा समूहले सहभागिता जनाएको खेल संयोजक रेवत जर्घाले बताउनु भयो। साथै भेट्रान( ३५ वर्ष भन्दा माथिका भुपु खेलाडी ) तर्फ ८ वटा समूहले सहभागी जनाएको खेल संजक जर्घाले बताउनु भयो। “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद ” नारा सहित आयोजना गरिएको प्रतियोगितामा पुरुष तर्फ प्रथम गल्याङ युवा क्लब , द्वितीय कालिका युवा समूह चिर्तुङ र तृतीय साहारा युवा क्ल्ब ग्वादी भएका थिए। यस्तै गरि गल्याङ युवा क्लबकै समूह बि चौथो स्थानमै चित्त बुझाएको थियो। प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल समूहलाइ खसी , शिल्ड र प्रमाणपत्र , दोस्रोलाइ पाठो , शिल्ड र प्रमाणपत्र र तेस्रो समूहलाई दुई वटा कुखुराको भाले पुरस्कारस्वरुप प्रदान गरिएको थियो। सान्त्वना स्थान हासिल गर्न सफल समूहलाई भने एउटा भाले र प्रमाणपत्र पुरस्कारस्वरुप प्रदान गरिएको थियो। समापान समारोहमा प्रमुख अतिथि गल्याङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष महेश प्रसाद भट्टराई र बिशिस्ट अतिथि स्याङ्जा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ थिए भने क्लबका अध्यक्ष गङ्गा श्रेष्ठ , सचिव किरण श्रेष्ठ , कोषाध्यक्ष सुरेश सुवेदी लगायतले सहभागी जनाएका थिए। कोरोना कहरको विच आयोजना गरिएको भलिबल प्रतियोगितामा भलिबल खेल प्रेमी दर्शकहरुको उल्लेख सहभागिता रहेको बताइएको छ।

Discussion about this post