स्याङ्जामा कुटपिट गरि हत्या गरेको आरोपमा एक जना पक्राउ

13
SHARES
110
VIEWS

असोज -२६ स्याङ्जामा कुटपिट गरि हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी स्थायी ठेगाना भइ स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ कालीमाटीमा बस्दै आएका ४१ वर्षका कृष्ण परियार रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता -प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो। प्रबक्ता अधिकारीका अनुसार आज बिहान स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ नेपाल टेलिकमको कम्पाउन्ड नजिकै बाल मन्दिरबाट पुतली खेत जाने ठाडो बाटोकिनारमा गम्भीर अवस्थामा घाइते मीन कुमारी नेपाली फेला परेकी थिइन । घट्नास्थलमा पुगेको प्रहरीले घाइते नेपालीलाई स्याङ्जा जिल्ला अस्पताल पुर्याएको थियो। जिल्ला अस्पताल पुर्याएको केही बेरमै नेपालीको ज्यान गएको थियो। हत्याको बिषयमा खोजतलास क्रममा मृतक नेपालीलाई कृष्ण परियारले आइतबार बेलुका कुटपिट गरि घाइते बनाएको खुल्न आएको छ । हत्याका आरोपी परियारलाई सम्मानित जिल्ला अदालत स्याङ्जाबाट २५ दिनको म्याद थप गरि हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार