चुरामणी तिमिल्सिना असोज -२७, रिडी रुरु धार्मिक सेवा संचार प्राली रुरु क्षेत्र रिडीले करिब ७५ बर्ष पार गरिसकेका जेष्ठ नागरिक रुरु क्षेत्र ऋिषिकेश मन्दिर परिसरमा बस्ने मीन बहादुर सारुको केही समय अगाडी सामाजिक सन्जालमा भिडियो प्रसारण गरेको थियो। उक्त भिडियो प्रसारण भए पश्चात् रुरु क्षेत्र गाउँपालिका वडा नम्बर न १ रिडी निवासी हाल अमेरिकामा रहदै आउनु भएका केशव कंडेल तथा उहाँका स-परिवारबाट प्रालिका अध्यक्ष चुरामणी तिमिल्सिनालाई सहयोग गर्ने प्रतिबद्धता दिनुभए अनुसार मंगलबार उहाकै दाजु चुरामणी कंडेलको निवासबाट एक सेट जाडोमा लगाउने कपडा , जुत्त तथा एक महिनाका लागि आवश्यक पर्ने खाद्य सामाग्री , तथा दिउसको समयमा खाजा खानको लागि खाजा समेत प्रदान गर्नुभएको छ । कंडेलले अमेरिका भए पनि यस्ता दिन दुखिको सेवा गर्न पाउँदा आफू निकै खुशी रहेको र आगामी दिनमा समेत सारुलाइ समस्या परेमा सक्दो सहयोग गर्ने बताउनुभयो । यस्तै सारुले दैनिक गुजरा गर्न नसके पछी उनको लागि आत्रेय रिकन्डिसन बुटवल , रिडिका लिला कंडेल , रेणुका पन्थीले सहयोग समेत प्रदान समेत गरिसक्नु भएको छ। यी सारुले आफू ९ बर्ष हुँदा आमा-बुवा गुमाउनु परेको पीडा अहिले सम्झिरहेका छन् । सामान लिदै भने अहिले सम्म जुत्ता लगाएको छैन भन्दै खुशी भएर जुत्ता लागए।
सारु दाइलाइ आज एक बोरा चामल, तेल, नुन, बिस्कुट ,दाल, चिनी, चियापत्ती , साबुन, सरप , सोयाबिन, आलु ,लगायत सामाग्री प्रदान गरिएको थियोे । उनी ९ बर्ष देखि जन्मभुमि कालीगण्डकी गाउँपालिका १ पिउघा लाई छोडेर रिडि अर्गली कमल पोखरी र हाल मन्दिरको गेट नीर रहेको चिरञ्जीवी श्रेष्ठको एक कोठामा निशुल्क बसोबास गर्दै आइरहेको छन उनीले लामो समय सत्यसोर मन्दिर नजिकै रहेको बेनिराम जोशीको निवासमा समय बिताएका थिए। अहिले उमेरले काम गर्न नसकेपछि अरुको भरमा बाचेको उनको भनाइ छ । उहाँले सक्दा सम्म रिडिका सबै जात्रा उत्सबहरुमा सहभागीता जनाउने सहयोग गर्ने उनको बानी थियो अहिले ती दिनहरु उनको लागि इतिहास बनिसकेको सारुका छिमेकि टोपराजसापकोटाले जानकारी दिनुभयो । साथै रुरु धार्मिक संचार प्रालि र कालीगण्डकी पोष्टको समन्वयमा सारु मगरको नागरिकता बनाउने कार्य पनि अघि बढाइने भएको छ।





















Discussion about this post