अस्मिता राना
गल्याङ असोज-२७। स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर २ बटुवाका कृषकहरु बँदेलको आतंकले चिन्तित बनेका छन् ।
अहिले खेतमा धान पसाउने समयमा बँदेलले धान नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् ।
बटुवाको बेशी, बौटुकका खेतमा बँदेलले धानमा नोक्सान पुर्याएकोे कृषक ज्ञानेश्वर भण्डारीले बताउनुभयो ।
भण्डारीले भन्नुभयो, ‘वर्खा भरि दुख गरेर धान लगाईयो, अहिले धान पसाउने बेलामा बँदेलले धान नष्ट गरेपछि चिन्तित बनाएको छ ।’
बाँदरको आतंङ्कक सहदै आएका थियो फेरि अर्को जंगली जनावर बँदेलले समेत सताउन थालेको भण्डारीले बताउनुभयो ।
यस ठाउँमा गत असारदेखि देखिन थालेको बँदेल अहिले धानखेतीलाई नोक्सान गर्न थालेपछि कृषकहरु मर्कामा परेका छन् ।
धानलाई नोक्सान मात्र नभई बँदेलले मानिसलाई पनि उल्टै आक्रमण गर्न खोज्ने स्थानीय डिल्लीराम भण्डारीले बताउनुभयो ।
जङगलमा घाँस काट्न जाने क्रममा उल्टै मानिसलाई बँदेलले लखेट्दा यहाँका स्थानिय त्रसित बनेको छ, भण्डारीले भन्नुभयो ।
बँदेलले यस ठाउँमा यो भन्दा पहिले खासै असर नगरेपनि अहिले बटुवाका विभिन्न ठाउँमा रहेका धानखेतीमा नोक्सान गर्न थालेपछि यहाँका कृषकहरु गुहार माग्न थालेका छन् ।
अहिले यहाँका कृषकहरु धानखेतीलाई बँदेलबाट कसरी जोगाउन सकिन्छ भनेर सोँच्न बाध्य भएका छन् ।
बँदेलले बटुवाका एक दर्जन भन्दा बढि कृषकहरुको धान नोक्सान गरेको छ ।
सधै बाँदरको आतंङ्कक खेप्दै आएका कृषकहरु अहिले बँदेलको आतंङ्ककलाई नियन्त्रण गर्न स्थानीय निकायसँग गुहार मागेका छन् ।
समयमा नै बँदेलको नियन्त्रण गर्न नसके एक मानो धान भित्राउन नपाईने अर्का कृषक शुभाखर भण्डारीले दुखेसो पोख्नुभयो ।
अहिले धान पसाउने बेलामा बँदेलले नोक्सान गरेपछि सम्बन्धित निकायले आफुहरुको मुख्य बाली जोगाउन विशेष पहल गरिदिन कृषकहरुले माग गरेका छन् ।
बँदेलको आतंङ्ककलाई कसरी समाधान गर्न सकिन्छ, यसबारे छिटो पहल गरिदिन कृषकहरुको आग्रह छ ।
Discussion about this post