कालीगण्डकीमा वैघा सुलसुलेको बाटो सफाइ

13
SHARES
105
VIEWS

असोज-२८ कालीगण्डकी गाउँपालिकाकै गौरवको बिषय मिर्मी -रिडी सडक खण्ड अन्तर्गत पर्ने कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ वैघा दिगाम सुलसुलेको हिलाम्मे बाटोलाई सफा गरिएको छ। कालीगण्डकी गाउँपालिकाको मुख्य कार्यलय रहेको ठाउँमा वर्षौं देखि यो सडकखण्डमा यात्रा गर्नेले सास्ती खेप्दै आएका छन् । विशेष गरि वर्षायमकोसमयमा त यो बाटो कयौं दिन सम्म बन्द हुने गरेको स्थानीयले बताएका छन् । हिलाम्मे सडकलाई कालीगण्डकी गाउँपालिकाका उपप्रमुख साबित्रा कोइराला र ओभरसियर पूर्ण बहादुर रानाको प्रत्यक्ष निगरानीमा गाउँपालिकाकै जेसिभी द्वारा पानी बग्ने नाली सहित बाटो सम्याउने कार्य गरिएको स्थानीय दिपकप्रकाश घिलेले बताएका छन् । गाउँपालिकाले इच्छा शक्ति भएको खण्डमा यो बाटोको दीर्घकालीन समस्या समाधानको योजना तुरुन्त ल्याउने पर्ने देखिएको छ। हरेक वर्षको जेठ देखिनै यो बाटो भएर आवतजावत गर्नहरुले सास्ती खेप्दै आएको थिए। वर्षमा कम्तीमा पनि चार महिना यो सडकले धेरै यात्रु तथा सवारी चालकहरुलाइ सास्ती दिदै आएको छ। हाल बाटो सफा गरिए पनि दीर्घकालीन समस्याको समाधान भने नभएको स्थानीयको भनाइ छ। बाटो सफा गर्न गाउँपालिकाले हिउँदनै कुर्न पर्ने हो भने टोलटोलमा सिंहदरबारको नारा फिक्का हुने प्रायः देखिन्छ । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक कालोपत्रे गर्ने कार्य तिब्र रुपमा अगाडि बढाउने पर्ने देखिन्छ।

हिलाम्मे सडक सफाई पछि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार