असोज-२८ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ दब्छेमा अवस्थित श्री ध्रुव ज्योति माविमा थप चारकोठे भवन निर्माण हुने क्रममा रहेको छ। स्याङ्जाको जिल्ला स्तरीय योजना कार्यनयन इकाई शिक्षा शाखाको पहलमा उक्त चारकोठे भवन निर्माण हुने क्रममा रहेको ध्रुव ज्योति माविका प्रधानाध्यापक हिरा बहादुर गाहाले बताउनु भयो । कुल लागत ७० लाख २५ हजार लागतमा निर्माण हुने भवनले बिद्यालयलाई थप भौतिक रुपमा सम्पन्न बनाउने देखिएको छ। सैद्धान्तिक संग-संगै ब्यबहारिक शिक्षामा जोड दिदै आएको यो बिद्यालयले एक विद्यार्थी- एक तरकारीको निति सहितको कार्यक्रम अगाडि ल्याएको छ। विद्यार्थी हरुलाइ जीवन निर्वाहको लागि किताबी ज्ञानमात्र पर्याप्त नहुने भन्दै एक विद्यार्थी एक तरकारी कार्यक्रम अन्तर्गत विद्यालय प्राङ्गणमा तरकारी फलाएर आम्दानी समेत गरेको थिए। साथै विद्यार्थीहरुले स्कुलमा सिकेको तरकारी खेती सम्बन्धि सीप विद्यार्थीले घरमा पनि प्रयोग गरेको देखेर अभिभावक खुशी भएका थिए। कालीगण्डकी गाउँपालिका भित्रका बिद्यालयहरु मध्ये यो बिद्यालय उत्कृष्ट बिद्यालयको रुपमा पुरस्कृत समेत भएको छ। साथै बिद्यालय प्राङ्गणमा निर्माण गरिएको फूलबारीले बिद्यालयलाई थप आकर्षक बनाएको छ। कालीगण्डकी गाउँपालिकामा हाल ९ वटा भन्दा बढी बिद्यालयमा भवन निर्माण कार्य अघि बढेको छ।
Discussion about this post