राजन भट्टराई ,असोज-२८ स्याङ्जाको चापाकोट नगरपालिकामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै आज ४५ जनाको स्वाब संकलन गरिएको छ। हिजो एकैपटक १४ जनामा कोरोना संक्रमणको पुष्टि भए पछि चापाकोटमा संक्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने भन्दै सामान्य लक्षण सहितका र कन्ट्याक्ट् ट्रेसिङामा परेकाहरुको स्वाब संकलन गरिएको हो। केही दिन अगाडि चापाकोटमा आयोजना गरिएको आँखा शिविर आयोजना गरिएको थियो। कोरोना संक्रमणमा सहभागी हरु मध्ये बाट कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको बताइएको छ। वडा नम्बर ८ का वडा अध्यक्ष सहितको स्वाब गरि परिक्षणको लागि पोखरा पठाएको छ। कोरोना संक्रमण समुदाय स्तरमा फैलने उच्च जोखिम रहेको भन्दै नगरपालिकाले अत्यावश्यक सेवाका काम बाहेक अन्य सेवा बन्द गरेको छ।
Discussion about this post