स्याङ्जामा ट्याक्टरबाट चिप्लिएर खस्दा एक जनाको मृत्यु

16
SHARES
136
VIEWS

असोज-२९ ,स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा ६ जैपतेमा ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय कुल बहादुर सिंजापती रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता एबम् प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो। प्रबक्ता एबम् प्रहरी नायब उपरीक्षकका अधिकारीका अनुसार कालीगण्डकी गाउँपालिका वडा नं ६ कोटघर स्थितमा जयपतेबाट कोटघरतर्फ ढुङ्गा लिएर जाँदै गरेको लु ४ त ५६६ नं को ट्याक्टरको सहचालक सिंजापती अचानक ट्याक्टरबाट बुधबार राती ८:३० बजे खस्दा ट्याक्टरको टायरले दुबै खुट्टा किच्दा घाईते भएका थिए । घाईते भएका सिंजापतीको उपचारको लागि मिसन अस्पताल पाल्पा पठाईएकोमा उपचारकै क्रममा राति १०:१५ बजे डाक्टरले मृत घोषणा गरेको र मृतकको लास अहिले सोही अस्पतालमा रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ बस्ने ट्याक्टर चालक शिव सोमैलाइ नियन्त्रणमा लिएको र घटानाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान कार्य अगाडि बढाएको छ।


		
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार