असोज – ३० स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि पालिका प्रबेश गर्नसवैलाइ पिसिआर रिपोर्ट अनिवार्य गरेको छ। देशबाहिर वा संक्रमणदर उच्च रहेका जिल्लाहरुबाट कालीगण्डकी गाउँपालिका भित्र प्रबेश गर्न ७२ घण्टा भित्रको नेगेटिभ पिसिआर रिपोर्टलाई सम्बन्धित स्वास्थ्य चौकीमा बुझाएर मात्र प्रबेश गर्न पाइने कालीगण्डकी गाउँपालिकाबाट जारी गरिएको सूचनामा उल्लेख गरिएको छ। पिसिआर नेगेटिभ रिपोर्ट नभएकाहरुले गाउँपालिकाले तोकेको स्थानमा अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने गाउँपालिकाले बताएको छ। यस्तै कोरोना संक्रमण सित मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरुले सम्बन्धित वडाका जनप्रतिनिधि सित सम्पर्क गरि रोगको निदान गर्नका लागि गाउँपालिकाले अनुरोध गरेको छ। चाडवाडका बेला पालिका क्षेत्रका मठमन्दिर ,कोट आदिमा नियमित चलाइने नित्यपूजा बाहेक अन्य कुनै प्रकारको जमघट, पूजापाठ ,पन्चबली लगायतका कार्य गर्न निषेध गरिएको छ। चाडपर्वको बेलामा गरिदै आएको विभिन्न जात्रा , मेला , सभा , महोत्सव ,इत्यादि कार्य गर्न पनि निषेध गरिएको छ।
Discussion about this post