कालीगण्डकीमा सक्रिय संक्रमित चार पुग्यो

13
SHARES
110
VIEWS

असोज -३० , स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन जना कोरोना संक्रमीत वडा नम्बर ७ मिर्मी क्वारेन्टिनमा बस्दै आएकाहरु मध्ये भएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक खड्क बहादुर थापाले बताउनु भयो। थापाका अनुसार गत २७ गते मिर्मी क्वारेन्टिनमा बाट ३५ जनाको स्वाब संकलन गरि परिक्षणको पोखरामा पठाइएको थियो। ३५ जना मध्ये आज थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। साथै ८ दिन पहिला काठमाडौमा पिसिआर परिक्षण गर्दा पोजिटिभ भएका एक जना संक्रमितको पहिचान भएको थापाले बताउदै यस बाट कोरोना संक्रमण समुदाय स्तरमा फ़ैलिन सक्ने जोखिम बढेको बताउनु भयो। संक्रमित घरमा आएर बसेको र निर्बाध रुपमा समुदायमा घुलमिल हुँदा स्याङ्जा कालीगण्डकीको अवस्था थप जटिल बन्न पुगेको थापाले बताउनु भयो। आज चारै जनालाई आइसोलेसनमा पठाइएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

साथै स्याङ्जाको कालीगण्डकी गाउँपालिका प्रबेश गर्नेले अनिवार्य पिसिआर नेगेटिभ सहितको रिपोर्ट पेश गर्नु पर्ने गाउँपालिकाले बताएको छ। पिसिआर रिपोर्ट नभएकाहरुले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्न पर्ने थापाले बताउनु भयो। पिसिआर रिपोर्ट सहित नआउनेको सङ्ख्या बढी भएमा क्वारेन्टिनको व्यवस्था गर्न सकिन्छ त भन्ने कालीगण्डकी पोष्ट डटकमको प्रश्नमा बस्नको लागि कुनै समस्या नहुने थापाले बताउनु भयो। चाडवाडका बेला जिल्ला प्रबेश गर्नेको सङ्ख्या उच्च हुने प्रायः निश्चित देखिन्छ । यश बारे गाउँपालिकाले यथेष्ट तयारी गर्नु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार