स्याङ्जा प्रशासनले पिसिआर रिपोर्ट बारे थप प्रष्ट पार्यो

15
SHARES
124
VIEWS

असोज -३० , स्याङ्जा जिल्ला प्रशासन कार्यलयले पिसिआर रिपोर्ट बारे शुक्रबार १० बजे अबेर एक सूचना जारी गर्दै थप स्पष्ट पारेको छ। पिसिआर रिपोर्ट बारे सर्वसाधारण जनतामा भ्रम फैलिएको हुँदा यस बारे प्रशासन कार्यलयको ध्यानाकर्षण भएको जनाएको छ। गत २७ गते बसेको बैठकमा स्याङ्जा जिल्लालाई कोरोना संक्रमणबाट सुरक्षित राख्न सवैलाइ जो जहाँ छ त्यही बसि पर्व मनाउन अनुरोध गरिएको , जिल्ला आउनै परेमा कोरोना संक्रमण बढी भएका तेस्रो भारत , तेस्रो मुलुक र काठमाडौ उपत्यका लगायत जोखिम पूर्ण स्थानबाट आउनेहरुको लागि मात्र आफू र समुदायलाई सुरक्षित भएको आश्वस्त पार्न यथासम्भ RT-PCR रिपोर्ट नेगेटिभ लिएर जिल्ला आउन अनुरोध गरिएको र अन्यथा यस्ता जोखिम युक्त ठाउँ बाट आएकाहरुलाइ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको जनाएको छ। सिदार्थ राजमार्ग भएर अन्य जिल्ला जान र आउन , जिल्ला भित्र प्रबेश गर्न स्वास्थ प्रोटोकल पालना गरि यातायात संचालन गर्न कुनै रोकतोक वा निषेधाज्ञा जारी नगरिएको बताएको छ। स्याङ्जा जिल्ला प्रशासन कार्यलयले जारी गरेको सूचनालाई आधार लिएर विभिन्न गाउँपालिका र नगरपालिका हरुले पिसिआ पालिका प्रबेश गर्न अनिवार्य पिसिआर रिपोर्ट नेगेटिभ साथमा हुनपर्ने भन्दै सूचना जारी गरेका थिए। पिसिआरको सम्बन्धमा भने सरकारले लक्षण भएको खण्डमा मात्र पिसिआर परिक्षण गर्न भनेको छ । यता स्याङ्जा प्रशासनले पिसिआर परिक्षण गर्न अपिल मात्र गरेको हो भनेको छ भने पालिकाहरुले अनिवार्य भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार