बिरुवा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

12
SHARES
103
VIEWS

कार्तिक -१ , स्याङ्जाका गाउँपालिका र नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण कार्य तिब्र पारेका छन् । हाल संचालनमा आएका अस्थायी कार्यलयहरुबाट दैनिक प्रशासनिक गतिविधि संचालन गर्न असहज भएको भन्दै नेपाल संघिय सरकार , प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा सुबिधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य अगाडि बढाइएको छ। यसै क्रममा स्याङ्जाको बिरुवा गाउँपालिकाले पनि आज घटस्थापनाको दिन प्रशासकीय भवनको शिलान्यास गरेको छ। भवनको शिलान्यास गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले गर्नु भएको थियो। बिरुवा गाउँपालिकाको वडा नम्बर १ कटहरेमा रु ७ करोड ५९ लाख ७६ हजार ८८ रुपैयामा लागतमा प्रशासकीय भवन निर्माण हुने बिरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले बताउनु भयो। अध्यक्ष शर्माका अनुसार उक्त भवनको निर्माण १८ महिना भित्र सम्पन्न हुने योजना रहेको छ। आफू भवन निर्माण तोकिएको समयमै सम्पन्न हुने कुरामा विश्वस्त रहेको शर्माले बताउदै भवन निर्माण पश्चात् दैनिक प्रशासनिक गतिविधि संचालन गर्न सहज हुने समेत जानकारी दिनु भयो। भवन निर्माणको जिम्मेवारी भने श्री गिता क्रियटिभ निर्माण सेवाले पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार