कार्तिक -३ स्याङ्जा प्रहरीले अवैध मदिरा नियन्त्रण र नष्ट गर्ने अभियानलाई तिब्र पारेको छ। समाजमा बढ्दो घरेलु हिंसा र झैझगडा न्यूनीकरणको लागि साथै महान् चाडपर्वको समयमा शान्ति सुरक्षालाइ मजबुद बनाउनका स्याङ्जा प्रहरी लागिपरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अवैध घरेलु मदिरालाई नियन्त्रण गर्ने उदेश्यका साथ जिल्ला प्रहरी कार्यलय स्याङ्जाका मातहतका कार्यलय हरुबाट खटिएका अधिकृत सहितको टोलिले स्याङ्जाका विभिन्न स्थानमा मदिरा नियन्त्रण गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीका आइतबार स्याङ्जा जिल्लाका विभिन्न स्थानबाट मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको जानकारी दिनु भयो। वालिङ प्रहरी कार्यलयबाट खटिएको प्रहरीको टोलिले वालिङ नगरपालिकाका वडा नम्बर ८, ९ , १० र १३ का विभिन्न रेस्टुरेन्ट , होटल र खाजा घरबाट तयारी अवस्थारहेको ४१५ लिटर घरेलु मदिरा नष्ट गरेको छ। यस्तै गरि गल्याङ प्रहरी चौकीबाट खटिएका प्रहरीटोलिले गल्याङ नगरपालिका वडा नम्बर १ मालुङ्गाबाट ३० लिटर कच्चापदार्थ र ४० लिटर तयारी अवस्थाको घरेलुमदिरा नष्ट गरेको छ भने दहथुम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले पाँच वटा घरहरुबाट ४० लिटर कच्चापदार्थ र ११० लिटर तयारी अवस्थामा रहेको मदिरा नष्ट गरेको छ। मदिरा नष्ट गर्ने अभियान अन्तर्गतनै अर्जुन चौपारी प्रहरी लार्यलयबाट खटिएको प्रहरीको टोलिले पनि पाँच जना व्यक्तिका घरबाट १००० हजार मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ र १०० लिटर तयारी मदिरानियन्त्रणमा लिइ नष्ट गरेको छ। स्थानीय जनप्रतिनिधि र भद्रभलाद्मीका रोहवरमा मदिरा नष्ट गरिनुका सास्थै सो कार्यलाई निरंतरता दिने प्रहरी ले जनाएको छ।
Discussion about this post