स्याङ्जामा थप चार जना कोरोना संक्रमित थपिए

12
SHARES
99
VIEWS

स्याङ्जा, कार्तिक -३ , । स्याङ्जामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको आधिँखोला, फेदीखोला, भीरकोट र वालिङमा थप ४ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ५:३० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा स्याङ्जाका ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

परीक्षणको क्रममा आधिँखोला गाउँपालिकामा २४ वर्षीय महिला, फेदीखोला गाउँपालिकामा २८ वर्षीय पुरुष, भीरकोट नगरपालिकामा ४२ वर्षीय पुरुष र वालिङ नगरपालिकामा २९ वर्षीय पुरुष गरी ४ जना कोरोना सङ्क्रमित थपिएको शर्माले जानकारी दिनुभयो
सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताउनुभयो ।

पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५९६० पुगेको छ । थप चार जना गरि गरि सोमबार १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार