रुरुक्षेत्र गाउँपालिका र देवघाट गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापना

16
SHARES
132
VIEWS


चिरञ्जीवी ज्ञवाली,कार्तिक- ४
लुम्बिनी प्रदेशको गुल्मी जिल्लाको १२ वटा स्थानीय तह मध्येको पबित्र कालीगण्डकी नदि र रिडी खोलाको संगम्स्थलमा रहेको नेपालका चार धाम मध्येको एक रुरुक्षेत्र धाम अवस्थित रहेको रुरुक्षेत्र गाउँपालिका र गण्डकी प्रदेशको तनहुँ जिल्लाको १० वटा स्थानीय तह मध्येको देवघाट गाउँपालिका बिच “भगिनी ” सम्बन्ध स्थपना भएको छ ।
सामाजिक सास्कृतिक,आर्थिक तथा मानवीय विकास गर्नका लागि स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा २६ उपदफा “ट” लाई यस भगिनी सम्बन्ध स्थापनाको कानुनी आधारको रुपमा लिन सकिन्छ ।
पबित्र कालिगण्डकी नदि र त्रीशुली नदिको संगमस्थलमा अवस्थित देवघाटको नामबाट नामाकरण भएको देवघाट गाउँपालिकालाई हरिहर क्षेत्र समेत भनिन्छ । ” हरि” अर्थात कालीगण्डकी र “हर” अर्थात त्रिशुलीको संगम भएको अर्थमा यस क्षेत्रको नाम हरिहर क्षेत्र रहन गएको हो ।
यस सङ्गै दुबै गाउँपाकिका का जनताले समानताको आधार मा धार्मिक,संस्कृतिक विकास तथा यसमा आधारित पर्यटन सम्भावना र यसको विकासको लागी सहयोग आदानप्रदान गरि आपसी हित र सम्बन्ध प्रबन्ध्रर्न गर्नु यश सम्बन्धको मुख्य उद्देश्य रहनेछ । आपसी सिकाइ र अनुभव आदानप्रदान गर्दै स्रोत साझेदारीको माध्यमबाट दुबै गाउँपालिकालाई समृद्द लक्ष्य बनाउनु यस सम्बन्ध को लक्ष्य रहेको दुबै गाउँपालिका का अध्यक्ष ले जनाउनु भएको छ ।
धार्मिक संस्कृतिक पर्यटनको विकास मार्फत साझा समृद्दी र विकासको प्रवर्द्धन गर्न समानता र आपसी लाभको सिधाान्तको आधारमा दुई पक्षबिच सहयोग आदानप्रदान र समन्वय गर्नमा यो सम्बन्धले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बिश्वास गरिएको रुरु गाउँपालिका का अध्यक्ष निलकण्ठ गौतम ले जनाउनु भएको छ ।
यसरी दुई धार्मिक र प्रर्यटकिय क्षेत्र बिच संस्कृति पर्यटनको संरक्षण तथा प्रवर्द्धन ,विकास निर्माण र विकास व्यवस्थापनमा अनुभव आदान प्रदानले आपसी हित प्रवर्द्धन गरी यी दुबै क्षेत्रको समृद्दी तथा समुन्नतिको लागि यो सम्बन्ध कोशेढुङ्गा सबित हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार