कार्तिक -५ , स्याङ्जा प्रहरीले ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ। ईलाका प्रहरी कार्यलय स्याङ्जाबाट गत सोमबार प्रहरी अधिकृत सहितको टोलिले चापाकोट नगरपालिका वडा नम्बर १ खोलेगाउँमा उक्त काठ बरामद गरेको जिल्ला प्रहरी कार्यलयका प्रबक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारले बताउनु भयो। प्रहरीलाई सूचनाको आधारमा प्रहरीको टोलि उक्त स्थानमा पुगेको थियो। स्याउलाले लुकाइराखेको अवस्थामा ३०६.३४ क्युफिट बराबरको २१८ थान सुकेको चारपाटा बनाइराखेको काठ बरामद गरिएको प्रबक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनु भयो । अधिकारीका अनुसार बरामाद गरिएको काठ स्थानीय , जनप्रतिनिधि र बन कार्यलय कर्मचारीको थप अनुसन्धानका लागि सब डिभिजन बन कार्यलयमा पत्र काटी थप बुझाइएको छ। थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post