पाल्पामा बुधबार थप २७ जनामा कोरोना पुष्टि

13
SHARES
107
VIEWS

बिष्णु पाण्डेय कार्तिक -५,पाल्पामा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेनका १७ जना,माथागढीका ५ जना, पूर्वखोलाका १ जना, बगनासकाली २ जना, रिब्दीकोटकाल २ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा थपिएका २७ जना संक्रमितसँगै कुल संक्रमितको संख्या एक हजार ४१ पुगेको छ । पाल्पामा अहिलेसम्म ७ सय ७० जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय ६४ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ३ सय ३३ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ५५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार