स्याङ्जामा अवैध लागू औषधसहित एक जना पक्राउ

12
SHARES
99
VIEWS

कार्तिक -६ , स्याङ्जामा प्रहरीले अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी ८ कैलालीका १८ वर्षका सुवास भनिने होम बहादुर रोका रहेका छन् । वालिङबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले कैलाली स्थायी घर भइ हाल गल्याङ नगरपालिका वडा नम्बर ८ मा वस्दै आएका रोकालाइ वालिङ नगरपालिका वडा नम्बर १३ बायाँ टारी स्थित सिदार्थ राजमार्गबाट बुधबार राती अवैध लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रबक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो। शंकास्पद अवस्थामा बुधबार राती ८:४५ बजे फेला परेका रोकालाइ प्रहरीले खानतलासी गर्दा अवैध लागू पदार्थ डाइजेपाम २३ एम्पुल , फेनरागन २३ एम्पुल र नोर्फिन २३ एम्पुल फेला पारेको प्रबक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनु भयो। अधिकारीका अनुसार फेला पारिएको लागु औषध बरामद गरि यस बारे थप अनुसन्धान भैरहेको छ।

पक्राउ परेका होम बहादुर रोका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार