चुरामणी तिमिल्सिना कार्तिक -७, गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा नम्बर २ का युवा कृषक चिरञ्जीवी अर्यालले एक सिजनमा अखबरी खुर्सानीबाट १लाख २० हजार भन्दा माथी आम्दानी लिन सफल भएको बताउनुभयो । २०७४ सालमा अर्चना कृषि तथा पशुपालन फर्म दर्ता गरेर कृषि अभियान सुरु गरेको परिवारले जानकारी दिनु भएको छ । यस बर्ष खुर्सानीबाट राम्रो आम्दानी भएकोले आगामी दिनमा खुर्सानीको बिरुवालाइ प्रशस्त मात्रमा लगाउने र लाखौ आम्दानी लिने तयारी गरिरहेको अर्यालले जानकारी गराए ।अर्यालले यता झण्डै दुई हजार कुखुरा समेत पाल्दै आएका छन । अहिले उनलाई अण्डा बिक्री गर्न भ्याइ नभ्याइ भएको छ। यहाँको अधिकांश अण्डा रुरु क्षेत्रमा आफ्नै यातायातबाट बिक्री गर्न आफै घरदैलोमा पुग्ने समेत गर्नु हुन्छ । अहिले फर्ममा ३ जनालाई रोजगार समेत दिएको चिरञ्जीवीले बताउनुभयो । अर्यालले पालिकाले आफुलाइ खासै चासो नदेखाएकोलो सहयोग समेत नपाएको गुनासो गर्नुभयो ।औषधी अभाव ,यातायात सडकको अभाव हुँदा धेरै कुखुरा मरेर नोक्सानी समेत भएको गुनासो समेत पोख्नुभएको छ।
Discussion about this post