जि.के. पाण्डेय
२०७७ कार्तिक ९,
बिगतका बर्षहरुमा जस्तै यस बर्षपनी काली गण्डकी ४ बिर्घा स्थित प्रहरी चौकी बिर्घाले मौलोमा पुजा अर्चना तथा संकल्प पुजा सम्पन्न गरेको छ। पुजा अर्चनाको क्रममा बिर्घा प्रहरी चौकीका प्रहरी जवानहरुबाट निसानमा पञ्जा छाप लगाइएको थियो।
पुजा बिसर्जनपछि उक्त अवसरमा उपस्थित महानुभावहरुलाई टिका तथा प्रसाद बितरण गरिएको थियो। सो अवसरमा कालीगण्डकी गाउँ पालिकाका जनप्रतिनिधि,ब्यापारी,राजनीतिकर्मी,शिक्षक,पत्रकार लगायतको उपस्थिति रहेको थियो। प्रहरी चौकी बिर्घाले हरेक बर्ष बडा दशैको अवसरमा गर्ने मौलो पुजाको क्रममा प्रसाद ग्रहण सँगै शुभ कामना आदान प्रदानको आयोजना गर्ने गरेको छ।
Discussion about this post