गण्डकी प्रदेशमा आज थपिए २ सय ५२ कोरोना संक्रमित

13
SHARES
111
VIEWS

कार्तिक -१० गण्डकी प्रदेशमा विजयादशीको दिन २ सय ५२ कोरोना संक्रमित थपिएका छन् । पोखरा र चितवनमा गरिएको परीक्षणमा ७ जिल्लाका २ सय ५२ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा कास्कीका १०१, नवलपुरका ९८, तनहुँका २६, बागलुङका १७, लमजुङका ५, गोरखाका ४ स्याङ्जाका १ जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६७ सय ११ पुगेको छ । तीमध्ये ३८ सय ६४ जना निको भएका छन् ।

सोमबार ४ संक्रमितको मृत्यु पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले कास्की र नवलपुरका २/२ जनाको मृत्यु पुष्टि गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार