स्याङ्जामा बेवारिसे शब फेला

19
SHARES
160
VIEWS

कार्तिक -१४ स्याङ्जामा बेवारिसे अवस्थामा एक जनाको शब फेला परेको छ। शुक्रबार दिउसो करिब १२:२० बजेको समयमा स्याङजा जिल्लाको पुतलीबजार नगरपालीका वडा नम्बर १३ कुलबाँध बगैचा स्थित ढुङगा माटोले बनेको सार्बजनिक ठाटीमा शब फेला परेको जानकारी जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो। मृतक विगत ५/६ बर्ष देखि खोलामा ढुङगा गिट्टि बालुवाको काम गरी बस्दै आएको र उनको ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनु भयो। अधिकारीका अनुसार ४५/५०वर्षका मृतक एक बहादुर तामाङको शब पोष्ट मार्टमको लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ। मृतकको सनाखत हुन नसकेको हुँदा मृतकको आफन्तजनलाई यस कार्यालयमा सम्पर्क राख्नको लागि जिल्ला प्रहरी कार्यलय स्याङ्जाले आग्रह गरेको छ।
मृतकको हुलिया :- एक ब. तामाङ, बर्ष अं. ४५/५०,वतन :- नखुलेको , पातलो शरिर , हल्का तालु खुईलिएको, उचाई ५.२”, बर्ण गहुँगोरो, सेतो निलो धर्के ट्रयाक , खैरो सेतो बुट्टे कट्टु लगाएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार