अस्मिता राना , कार्तिक -१५ स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ कल्लेरीमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा मगर भाषा शिक्षा पठनपाठन सुरु भएको छ ।
गत शैक्षिक सत्रबाट सरस्वती आधारभुत विद्यालयमा मगर भाषा शिक्षा पठनपाठन सुरु भएको हो ।
मगर समुदायको भाषाको संरक्षण, मगर भाषा लिपिको बारेमा शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा मगर भाषाको कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक दल बहादुर रानाले बताउनुभयो ।
विद्यालयमा अहिले १ देखि ३ कक्षासम्म मगर भाषाको कक्षा सञ्चालन हुदै आएको प्रधनाध्यापक रानाले जानकारी दिनुभयो ।
पछिल्लो समय मगर समुदायमा हुर्केका बालबालिकाले पनि मगर भाषा नबोल्ने, मगर भाषाका बारेमा जानकारी नहुँदा मगर भाषाको पठनपाठनबाट ज्ञान लिन थप टेवा पुग्ने शिक्षक विनोद रानाले बताउनुभयो ।
आफ्नै भाषामा अध्ययन गर्न पाएपछि विद्यार्थी लगायत अभिभावकहरु पनि उत्साहित भएका छन् ।
यसैगरि यस विद्यालयमा मगर भाषाको कक्षा सञ्चालन, शिक्षक व्यवस्थापनमा गल्याङ नगरपालिकाले सहयोग गरेको छ ।
सरस्वती आधारभुत विद्यालय गल्याङ नगरपालिकाभित्रको मगर भाषाको कक्षा सञ्चालन गर्ने पहिलो विद्यालय हो ।
Discussion about this post