कालीगण्डकी गाउँपालिकामा स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा एघारको परिक्षा सुरु

13
SHARES
110
VIEWS

कार्तिक -१७ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सोमबारबाट स्वास्थ्यका मापदण्ड पालाना गर्दै कक्षा एघारको बार्षिक परीक्षा संचालन गरिएको छ। गाउँपालिका भित्रका ८ वटा बिद्यालयहरुले एकै साथ परीक्षा संचालन गरेको कालीगण्डकी गाउँपालिका शिक्षा शाखाका प्रमुख भिम श्रेष्ठले जानकारी दिनुभयो । कोरोना महामारीको कारण कक्षा एघारको वार्षिक परिक्षा निर्धारित समयमा संचालन हुने सकेको थिएन। बिद्यालयहरुले आफैले परिक्षा संचालन गर्ने गरि परीक्षा संचालन गर्न सरकारले आग्रह गरेको थियो। कोरोना माहामारीको संक्रमणको जोखिम कायमै रहेकोले कक्षा ११ को परीक्षा अवधिभर सम्पुर्ण परिक्षार्थी र शिक्षकहरुलाई मास्क बितरण गरिने कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक खडक बहादुर थापाले जानकारी दिनुभयो। स्वास्थ्यकर्मीहरुद्वारा प्रत्येक दिन तापक्रम मापन गर्ने र स्यानिटाइजरको समेत व्यवस्था गरिएको जानकारी जन स्वास्थ्य निरीक्षक थापाले दिनु भयो। सोमबार १७ गते सुरु भएको परिक्षा २५ गते सकिने गरि गाउँपालिकाको शिक्षा शाखा द्वारा परिक्षा समयतालिका प्रकाशन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार