कार्तिक १९, नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नै छुट्टै पहिचान वनाई सबैको मनमुटुमा वसेका वियोगान्त गित संगितका धरोहर लोकप्रिय गायक सर्जक एवम् कलाकार पुश्कल शर्माले सामाजिक कार्य प्रति आफु निकै अग्रसर रहने र आजको दिनबाट ‘दिन दुखी गरिब असाय अपांग’ सहयोग अभियानमा लागेको जानकारी दिनुभएको छ ।
दुख पाएका दिन दुखीहरु , अपागं अशक्त एवम् अफ्ठ्यारो परिस्थिति परेका मानिसहरुलाई सहयोग गर्न लागेको पनि उहांले वताऊनु भएको छ ।
उहाका फ्यानहरु शुभचिन्तक एवम् साथिभाईहरुको सरसल्लाह र आफ्नो भित्रि मनबाटै सामाजिक क्षेत्रबाट आफ्नो गहिरो छाप पर्ने उदेश्यले उहाले सम्पुर्ण साथिभाई , शुभचिन्तक ईष्टमित्र फ्यानहरुमा हातमा हात मिलाई , साथमा साथ दिई मेरो यो अभियानमा साथ दिनुहुन फेसवुक लाईभ मार्फत अनुरोध गर्नुभएको छ |
“जसरी मलाई यहाहरुले माया गर्दिनुभाछ साथ सपोर्ट गर्नु भाछ , मेरा हरेक गित संगित सृर्जना युटुवका हरेक पाना पानामा हेरिदिनु भएको छ , मन पराऊनु भएको छ यसरी नै मैले आजबाट सुरु गरेको दिन दुखि अपागं अशक्त अभियानमा पनि तपाईहरु सम्पुर्णले साथ सपोर्ट दिनुहुनेछ भने आशा राखेको छु । उहांले फेसबुक लाईभ मार्फत जानकारी दिनुभएको छ:
Discussion about this post