चुरामणी तिमिल्सिना कार्तिक -१९ ,तानसेन नगरपालि वडा नम्बर १२ मा नगर पालिकाको आर्थिक सहयोग, रेडा र हेफर पाल्पाकाे व्यवस्थापनमा तानसेन नगरपालिका लुहुङका युवाहरुलाई बाख्रा पालन गरि स्वराेजगार बनाउन योजना अगाडि बढाइएको स्थानिय युवा कृषक युबराज पौडेलले जानकारी दिनुभयो । योजना सफल पुर्याउन मुरारि प्रसाद पौडेलको अध्यक्षतामा लुहुङ युवा उद्यमी बाख्रा पालन समूह गठन गरिएको छ । जसकाे सचिवमा बेद प्रसाद गैरे र काेषाध्यक्षमा सम्झना गैरे चयन हुनुभएकाे छ । यस समुहमा सहभागी हुन पाँच वटा माउ बाख्रा भएका युवाहरु हुन सक्नेछन । पाँच वटा भन्दा माउपालन गर्ने युवाहरुलाई तानसेन नगरपालिका पाल्पाले २०,०००/- देखि ४०,००००/- सम्म अनुदान दिन कार्यक्रम रहेको नगरपालिकाले बताएको छ । तानसेन नगरपालिका -१२ भित्र आमाडाँडामा र नामिकुवामा समुह गठन गरि काम अगाडि बढेकाे छ । वैदेशिक रोजगार बाट फर्किएका युवाहरुले यो समुहमा बढी सहभागी हुने अपेक्षा राखिएको छ । थोरै लगानीबाट धेरै आम्दानी लिन सकिने भएकोले आफुहरु यस कार्यक्रममातर्फ उन्मुख भएको स्थानिय कृषक पौडेलको भनाइ छ । पौडेलले आफुहरुले यस कार्यक्रम मार्फत समुदायको आर्थिक वृद्धि हुने र महिलाहरुले सजिलै आयार्जन गर्ने सक्ने भएकोले यो कार्यक्रम यस ठाउमा प्रभावकारी हुने बताउनु भएको छ।
Discussion about this post