स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा निशुल्क जस्तापाता वितरण गरिने

12
SHARES
104
VIEWS

कार्तिक -१९ , स्याङ्जाको कालीगण्डकी गाउँपालिका अब खरको छानारहित हुने भएको छ। कालीगण्डकी गाउँपालिका जनतालाई खरको छाना बिस्थापित गरि जस्तापाताको छाना मुनि ल्याउने उदेश्य अनुरुप यो कार्यक्रम ल्याइएको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का वडा सचिब दिलिप बिश्वकर्माले जानकारी दिनुभयो। कालीगण्डकी गाउँपालिका भित्रका सवै वडामा यो कार्यक्रम लागू हुने सचिब बिश्वकर्माले बताउनु भयो। सुरक्षित नागरिक आवास कार्यनयन कार्यबिधी २०७५ अनुरुप यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ। खर वा परालको घर भएका घर धनीले जग्गा दर्ता प्रमाणपत्र र नागरिताको फोटोकपी सहित २८ गते सम्म गाउँपालिकाका वडामा निवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ। खर वा परालका छाना भएका घरहरुलाइ गाउँपालिकाले निशुल्क रुपमा जस्तापाता बितरण गर्ने भएको हो। हरेक वर्ष खर वा परालका छाना भएका घर हरु आगलागीमा पर्ने गरेको पाइन्छ । गाउँपालिकाको यो कार्यक्रमले आगलागीको जोखिम न्यून हुने अपेक्षा गरिएको छ। हरेक वर्ष खरले छाइएका घरहरु जलेर ठूलो जन धनको क्षति हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार