स्याङ्जामा बुधबार २२ जना कोरोना संक्रमित थपिए

14
SHARES
119
VIEWS

कार्तिक -१९ , स्याङ्जामा बुधबार २२ जना कोभिड -१९ का संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा स्याङ्जाका विभिन्न पालिकाका ८ जना महिला र १४ जना पुरुष रहेका छन् । यो संगै स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या ५६५ पुगेको छ। आज संक्रमित हुनेहरु आधिखोला गाउँपालिका वडा नम्बर ६ का ३४ वर्षिय पुरुष , अर्जुन चौपारी नगरपालिका वडा नम्बर १ का ६१ वर्षिय पुरुष , पुतलीबजार नगरपालिका वडा नम्बर ११ का ३३ वर्षिय पुरुष र अन्य तीन जनाको भने पालिका खुलेको छैन। यस्तै गरि वालिङ नगरपालिकाका १६ जना संक्रमित हरुमध्ये ८ जना महिला र ८ जना पुरुष रहेका छन् । आज थप २२ जना गरि स्याङ्जामा हाल कोरोना सक्रिय संक्रमितको सङ्ख्या ६९ जना पुगेको छ। संक्रमित सवै कन्ट्याक्ट् ट्रेसिङ मार्फत पहिचान भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ। यस्तै गरि कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ४८९ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार