कार्तिक -२० जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिनमा एक सय एघार फरार प्रतिवादीहरु पक्राउ गरेको छ। बुधबार जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत युनिटबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ पक्राउ गरेको हो । स्याङ्जाको सम्मानित अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बांकी रहेका बिभिन्न मुद्दा जस्तै कर्तव्य ज्यान, जवरजस्ती करणी, मानवबेचबिखन, लागु औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहु बिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका बिभिन्न मुद्धाका प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । बिभिन समयमा फैसला भई लुकिछिपि बसेका ९७ जना पुरुष र १४ जना महिला गरी १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको जानकारी सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो।
अधिकारीका अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याई सम्मानित अदालतबाट भएको फैसलालाई कडाईकासाथ कार्यान्वयनमा ल्याउन र कैद तथा जरिवाना तोकिएको व्यक्तिहरु समाजमा रहदा शान्ती सुरक्षामा समेत चुनौती आउने भएकोले वा अपराध गरे पश्चात पनि बिना सजाय समाजमा रहदा अपराध गर्न प्रोत्साहित हुने हुंदा र दशै तिहारको बेलामा अत्याधिक मानिसको आवागमन हुने हुंदा बिशेष योजना बनाई लामो समय देखि निग्रानी गरी फरार प्रतिवादीहरुलाई जिल्ला भित्रका बिभिन्न स्थान र बाहिर जिल्लाबाट समेत समन्वय गरी पक्राउ गर्न सफल भएको हो । साथै २०५९ साल देखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका जिल्ला स्याङ्जा थुमपोखरा घर भई लामो समय देखि लुकिछिपि नवलपरासी सुनवलमा बस्दै आएका तेजलाल डुम्रे, जवरजस्ती करणी मुद्दामा लामो समय देखि फरार रहेका बालसिंह गुरुङ, जवरजस्ती करणी उधोगमा संलग्न ६ जना, हाडनाता करणीमा संलग्न ३ जना, हातहतियार खरखजना मुद्दाका ३ जना, लागु औषध मुद्दाका २ जना लगायत विभिन्न जघन्य मुद्दामा संलग्न भई विगत लामो समय देखि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।
Discussion about this post