बिरुवा गाउँपालिकामा १२ बेड क्षमताको आइसोलेसन सेन्टर संचालनमा

12
SHARES
99
VIEWS

यम सोमै कार्तिक -२० , स्याङ्जाको बिरुवा गाउँपालिकामा १२ बेड क्षमताको आइसोलेसन सेन्टर संचालनमा आएको छ। बिरुवा गाउँपालिकाको वडा नम्बर ६ चिन्नेबासमा आइसोलेसन सेन्टर निर्माण गरि कोरोना संक्रमितहरुलाइ सेवा दिन थालिएको छ। स्याङ्जामा पनि दैनिक कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएकोले गाउँपालिकाले आइसोलेसन सेन्टर संचालनमा ल्याएको हो। बुधबारबाट संचालनमा आएको आइसोलेसन सेन्टरको स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार बस्नेत र एसपी होबिन्द्र बोगटीले संयुक्त रुपमा बिहिवार निरीक्षण गर्नु भएको छ। प्रमुख जिल्ला अधिकारी र एसपी बोगटी द्वारा एक कार्यक्रमका बिच आइसोलेसन सेन्टर अवलोकन गर्दै आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिनु भएको छ। बिरुवा गाउँपालिकाका प्रशासकीय अधिकृत कुलराज सुवेदीका अनुसार आइसोलेसन सेन्टरमा अहिले बिरुवा गाउँपालिकाका ३ जना कोरोना संक्रमितहरुले सेवा लिइरहेका छन् । आइसोलेसन सेन्टरमा आवश्यक पूर्वाधार र स्वास्थ्य सामाग्रीहरु पूर्णरूपमा रहेको समेत प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो।

आइसोलेसन सेन्टरको निरिक्षण गर्दै प्रमुख जिल्ला अधिकारी र एसपी होबिन्द्र बोगटी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार