स्याङ्जामा बिहिवार थप २ जना कोरोना संक्रमित थपिए

13
SHARES
106
VIEWS

कार्तिक -२० स्याङ्जामा बिहिवार थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमितहुने हरु पुतलीबजार नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय पुरुष र बिरुवा गाउँपालिकाकी २९ वर्षीय महिला रहेका छन् । यो संगै स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ५६७ पुगेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवम् प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो। हाल स्याङ्जामा ७१ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् भने ४८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार